२० मंसिर २०८२, शनिबार | December 6, 2025

सत्तापक्षका सांसदबाट नागरिकता विधेयकको बचाऊ, भन्छन, – नेपाल भारतको छोटे भाइ होइन, आफ्नो निर्णय आफै गर्छ



काठमाडौं । नेपाली पुरुषसँग बिहे गरेर आएका विदेशी महिलालाई सातवर्ष पछि मात्र अंगीकृत नागरिकता दिने विषयको सत्तारुढ दलका सांसदहरुले बचाउ गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गरेका छन् ।

विशेष समयमा बोल्दै सांसद भूषालले सोमबार काँग्रेसका सांसद जितेन्द्र नारायण देवको भनाईको प्रतिवाद गर्दै नेपाल भारतको भाइ नभएको जिकिर गरे । भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा भारतसँग कसरी मुठभेड निम्तिन्छ भन्दै प्रश्न गरे ।

उनले भने ‘‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटे भाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुडभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुटभेड निम्तिन्छ भन्ने ?’’

समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिएका थिए ।

सांसद भूसालले देवको भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिन सक्ने कानून बनाउन हुने त्यही अनुसारको व्यवस्था नेपालमा गर्न खोज्दा भारतसँग सम्बन्ध बिग्रिन्छ भन्ने भन्दै प्रशन गरे ।

अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीकि प्राप्त नहुने प्रष्ट पार्दै उनले स्थायी अवासीय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकार सुरक्षित हुने जिकिर गरे । उनले भने, ‘‘सांस्कृतिक आक्रमण भनिएको छ, के भनेको हो ? राजनीतिक अधिकार दिएमात्रै सांस्कृतिक अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो ?’’

देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि भुषाले खण्डन गरे । भारतसँग जस्तै चीनसँग पनि प्राचिन कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो ? के भारतको झोलामा जान खोजिएको हो त ? नेपाल सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ ? के सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भनिएको हो । यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ?’’

सांसद भुषालले राजनीतिक अभिष्ट पुरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गरे । उनले भुटानमा १० वर्ष, श्रीलंकामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराए । नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानुन नबनाएको उल्लेख गर्दै उनले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानून आकर्षित हुने बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १ : ३० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय