१३ असार २०८३, शनिबार | June 27, 2026

कोरोना सन्त्रास रहुन्जेल आइतबार पनि बिदा दिउँ : सांसद प्रधान



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरसको सन्त्रास रहुन्जेल हप्तामा ५ दिन मात्र कार्यालय संचालन गर्न माग गरेका छन् ।

सांसद प्रधानले मंगलबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै कोरोना सन्त्रास रहुन्जेल आइतबार समेत बिदा दिएर हप्तामा ५ दिन कार्यालय संचालन गर्न माग गरेका हुन् । उनले भने, ‘कोरोनाको प्रभाव रहेसम्म शनिबार र आइतबार विदा दिने व्यवस्था गरौं ।’

प्रधानले सडकमा जोरविरोध प्रणाली लागु गरेपनि जाम भैरहेको जिकिर गर्दै सामाजिक दूरी कायम गर्न कार्यालय संचालनको दिन घटाउनुपर्ने माग गरे ।

काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेको भन्दै उनले यस अवधिमा विद्युतीय सवारी साधन चलाउन दिनुपर्ने बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  २ : ०१ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को