२० आश्विन २०८३, मंगलबार | October 6, 2026

नेपालका कम्युनिष्टलाई चिनियाँ कम्युनिष्ट नेताले प्रशिक्षण दिएकोमा काँग्रेसको आपत्ति



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालका कम्युनिष्ट नेताहरुलाई प्रशिक्षण दिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ठ नेताले सत्तारुढ दल नेकपालाई वैचारिक राजनीतिक प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद डा. रिजालले विगतमा छिमेकी राष्ट्रसंगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए । पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु “अपाच्य”रहेको भन्दै त्यस तर्फ गम्भीर बन्न नेकपालाई सुझाव दिए ।

उनले भने, “छिमेकी राष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ । हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सिमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरका दल र नेताहरु विगतमा आलोचित रहे । उत्तरी छिमेकको दलले नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।”

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ४३ बजे

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०