४ आश्विन २०८३, आइतबार | September 20, 2026

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी



भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को मंगलबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको झिनो योगफल बनायो । उसका लागि मिथलेश यादवले ३२, विपिन न्यौपानेले २३ र कमल परियारले २० रन बनाए पनि अन्य ब्याट्सम्यान तिरुपतिका बलरसामु निरीह भए ।

उसलाई झिनो स्कोरमा रोक्न तिरुपतिका विवेक यादवले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर ५ विकेट लिए । यस्तै, संदीप मौर्यले ३ तथा तुलबहादुर थापा र वसिर अहमदले १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले २९.३ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आनन्द गौडले नटआउट ४७, वसिर अहमदले २४ र नन्दलाल चाईले १८ रनको योगदान दिए ।

बुद्धका कमल परियारले १० ओभर बलिङ गर्दै २ मेर्डन राखेर २८ रन खर्चंदै ६ विकेट लिए भने विपिन न्यौपानेले २ विकेट लिन सफल भए । तिरुपतिका विवेक यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ४ : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन