३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी



भैरहवा । तिलोत्तमा क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रन बनायो । उसका लागि मनिष थापा र कृष्ण भुसालले समान २४–२४ रन बनाए भने लक्ष्मण कुमालले नटआउट २२, यम क्षेत्रीले २१, महेश रानाले १७, मिर्नाल गुरुङले १३ र विकल अधिकारीले १० रन जोडे ।

बलिङमा सैनामैनाका करण विकले ४, गणेश गौतमले ३ तथा अशोक विक र सुनिल पौडेलले समान १-१ विकेट लिए ।

प्रतिउत्तरमा सैनौमैना १३.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनको लज्जास्पद स्कोरमा रोकियो । तिलोत्तमाका बलरसामु सैनामैनाका ब्याट्सम्यान खुलेर चल्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्यो । उसलाई सस्तैमा रोक्न ७ ओभर बलिङ गरेका तिलोत्तमाका कृष्ण कार्कीले १ मेर्डन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । यस्तै, विपिन खत्रीले ३ विकेट लिन सफल भए । सैनामैनाका विक्रम गौतमले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रनसमेत जोड्न सकेनन् । तिलोत्तमाका कृष्ण कार्की म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ४ : १६ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा