२२ असार २०८३, सोमबार | July 6, 2026

हरित अभियन्ता काफ्लेले लुम्बिनी पुगेर लगाए कल्पबृक्ष



बुटवल । बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेले लुम्बिनी पुगेर लुम्बिनी परिषरमा कल्पबृक्षको बृक्षारोपण गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख आतिथ्यतामा अभियन्ता काफ्लेले लुम्बिनीमा कल्पबृक्ष बृक्षारोपण गरेका हुन् ।

लुम्बिनी विकास कोषले तयार गरेको बोटानिकल गार्डेनमा काफ्ले सहित लुम्बिनी विकास कोषका कम्लेश बर्मा, नगरप्रमुख मुसलमानलगायतले कल्पबृक्ष सहित सितलचीनीको विरुवा रोपण गरिएको अभियन्ता काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार लुम्बिनीमा बृक्षारोपण गर्न कियोन नामक संस्थाले साझेदारी गरेको थियो भने जर्मनीमा रहेकी साधना राना अधिकारीले काफलेलाई कल्पवृक्षको बिउ उपलब्ध गराएकी थिइन् ।

आज लुमिबनीमा एक कार्यक्रम गर्दै नगरप्रमुख मुसलमानलाई सितलचीनीको बिरुवा हस्तान्तरण गर्दै बृक्षारोपणको उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै अमेरिकी नागरिक प्याट्रीक चाउले सितलचिनिको फाईदाको बारेमा जानकारी दिएका थिए । उनले विश्वका १९ वटा देशमा मोरिङ्गा अभियान आफ्नो एकल प्रयासले संचालन गरेको बताए ।

नगरप्रमुख मुसलमानले हरित लुम्बिनी बनाउने आफ्नो दायित्व भएकाले आफु स्थानीय निकाय मार्फत सधै रुख लगाउने अभियानमा सङ्गै रहने प्रतिबद्धता व्यक्त गरे ।

कियोनका सन्तोष सापकोटाले आज बृक्षारोपण गरिउका कल्पबृक्षको रेखदेख गर्दा लाग्ने सम्पुर्ण खर्च कियोनले बेहोर्ने जानकारी दिए ।

लुम्बिनी विकास कोषका बनस्पती बिभागका कम्लेश बर्माले धार्मिक महत्वको बिरुवा आफ्नो हातबाट लगाउन पाउँदा खुसी लागेको र मोरिङ्गाको पातको फाईदाको बारेमा जान्न पाउँदा निकै खुसी भएको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ४ : २४ बजे

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन

खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले