२३ बैशाख २०८१, आइतबार | May 5, 2024

हरित अभियन्ता काफ्लेले लुम्बिनी पुगेर लगाए कल्पबृक्ष



बुटवल । बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेले लुम्बिनी पुगेर लुम्बिनी परिषरमा कल्पबृक्षको बृक्षारोपण गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख आतिथ्यतामा अभियन्ता काफ्लेले लुम्बिनीमा कल्पबृक्ष बृक्षारोपण गरेका हुन् ।

लुम्बिनी विकास कोषले तयार गरेको बोटानिकल गार्डेनमा काफ्ले सहित लुम्बिनी विकास कोषका कम्लेश बर्मा, नगरप्रमुख मुसलमानलगायतले कल्पबृक्ष सहित सितलचीनीको विरुवा रोपण गरिएको अभियन्ता काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार लुम्बिनीमा बृक्षारोपण गर्न कियोन नामक संस्थाले साझेदारी गरेको थियो भने जर्मनीमा रहेकी साधना राना अधिकारीले काफलेलाई कल्पवृक्षको बिउ उपलब्ध गराएकी थिइन् ।

आज लुमिबनीमा एक कार्यक्रम गर्दै नगरप्रमुख मुसलमानलाई सितलचीनीको बिरुवा हस्तान्तरण गर्दै बृक्षारोपणको उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै अमेरिकी नागरिक प्याट्रीक चाउले सितलचिनिको फाईदाको बारेमा जानकारी दिएका थिए । उनले विश्वका १९ वटा देशमा मोरिङ्गा अभियान आफ्नो एकल प्रयासले संचालन गरेको बताए ।

नगरप्रमुख मुसलमानले हरित लुम्बिनी बनाउने आफ्नो दायित्व भएकाले आफु स्थानीय निकाय मार्फत सधै रुख लगाउने अभियानमा सङ्गै रहने प्रतिबद्धता व्यक्त गरे ।

कियोनका सन्तोष सापकोटाले आज बृक्षारोपण गरिउका कल्पबृक्षको रेखदेख गर्दा लाग्ने सम्पुर्ण खर्च कियोनले बेहोर्ने जानकारी दिए ।

लुम्बिनी विकास कोषका बनस्पती बिभागका कम्लेश बर्माले धार्मिक महत्वको बिरुवा आफ्नो हातबाट लगाउन पाउँदा खुसी लागेको र मोरिङ्गाको पातको फाईदाको बारेमा जान्न पाउँदा निकै खुसी भएको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ४ : २४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ