१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार २० उडान



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हिजो) मंगलबार आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् ।

ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीबाट २५८, माल्दिभ्सबाट १४३, र थाइल्याण्डको बैंककबाट दुई उडानबाट क्रमशः ७८ र १२ नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कतारको दोहाबाट १४४ र अबुधाबीबाट ५ नेपाली काठमाडौं ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जजिरा एयरले कुवेतबाट १६० यात्रु ल्याएको छ । त्यसैगरी नेपाली यात्रु लिन नेपाल एयरलाइन्सको जहाज माल्दिभ्सको जेधाह प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स कुबेत र साउदी अरेबियाको दमाम उडेको छ ।

सोही एयरलाइन्सको जहाजले चीनको चाङ्सामा दुई कार्गो उडानका लागि त्यसतर्फ प्रस्थान गरेको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मङलबारनै जजिराले कुवेत र हिमालयले चाङ्साबाट कार्गो उडान गरेका छन् ।

बुधबार (आज) पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, अबुधावी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछ ।

हिमालयले दमाम, कुबेत र अबुधाबीबाट समान सङ्ख्या १५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ । रासस

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : २७ बजे

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु