४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्पेनिस ला लिगा : बार्सिलोना फर्कियो शीर्षस्थानमा, मेस्सीको पर्खाई भने कायमै



काठमाडौं । स्पेनिस ला लिगाको उपाधि होडमा रियल मड्रिडको कडा चुनौती सामना गरिरहेको बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–० को जित निकालेको हो । उसका लागि ७१ औँ मिनेटमा इभान रेकिटिकले गरेको गोल नै निर्णायक बन्यो । उनले यो सिजन ला लिगामा पहिलो गोल गरेका हुन् । रेकिटिकले ला लिगामा हालसम्म ५० गोल गरेका छन् ।

बुधबार ३४ वर्ष लाग्दै गरेका मेस्सीले खेल जीवनको ७०० औँ गोल गर्न कम्तिमा अर्को खेल फर्किनु पर्ने भएको छ । उनले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट गरी ६९९ गोल गरेका छन् ।

ला लिगा अन्तर्गत मंगलबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० ले पराजित गर्दा रियल भालाडोलिड र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ३४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज