३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले मल बुटवल राइनोजलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित ५० ओभरमा खेलमा २३.२ ओभरमा सबै विकेट गुमाउँदै ५९ रनको झिनो योगफलमा रोकियो । उसका लागि शिव कुँवरले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न मेलवर्नका बलर चम्किए । मेलवर्नमा सन्देश जिसी र रोशनलाल गुप्ताले ३–३ तथा मोहम्मद हुसेन र विष्णु कटरियाले २-२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ९.१ ओभरमा २ विकेटको नोक्सानीमा ६३ रन बनाउँदै जित निकाल्यो । उसका लागि समिर खानले २१, विजय प्रजापति र विष्णु कटरियाले नटआउट क्रमशः १७ र ११ रनको योगदान दिए । बलिङमा बुटवलका शिव कुँवरले २ विकेट लिए । मेलवर्नमा विष्णु कटरिया म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ११ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको