१३ असार २०८३, शनिबार | June 27, 2026

अध्यक्ष तिमिल्सिना र श्रीलङकन राजदूतबीच शिष्टचार भेट



काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलङकाका राजदूत महामहिम हिमाली अरुनातिलकाबीच शिष्टचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

‘नेपाल र श्रीलङ्का बीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ’, उनले भने, ‘नेपाल र श्रीलङ्का बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले थप सहयोग पुर्याशउने र यसका कार्यमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।’

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाबीच सिधा हवाई उडानको कार्य सुरुवात भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले अब श्रीलंकाली पर्यटकहरु सिधै लुम्बिनी क्षेत्रमा पाइला टेक्न सक्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले श्रीलंकाका धार्मिक पर्टकहरुका लागि हिन्दु र बौद्ध धर्मालम्बीका लागि महत्वपूर्ण रहेको गण्डकी प्रदेशस्थित मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पनि दर्शन गर्ने कार्यमा श्रीलंकाली नागरिकहरुलाई उत्प्रेरित गर्न महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गरे ।

त्यसैगरी राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलङकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताइन । दुई देशको सम्बन्ध सांस्कृतिक मात्र नभई अध्यात्मिक समेत रहेको र झन बलियो हुँदै गएकोर आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको छ बताइन ।

उनले युक्त राष्ट्र संघ, सार्क तथा विमस्टेक जस्ता अन्तराष्ट्रिय फोरमहरुमा दुई देश बीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको धारणा राखिन । राजदूत अरुनातिलकाले लुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न श्रीलंकाका नागरिकहरुलाई उत्प्रेरित गर्न आफुले सहयोग गर्ने प्रतिवद्धता जनाइन ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : ५७ बजे

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

स्थापना दिवसमा होटल व्यवसायी संघ रुपन्देहीको रक्तदान, तीनदिने कार्यक्रम सुरु

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन

बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा