४ पुस २०८२, शुक्रबार | December 19, 2025

अध्यक्ष तिमिल्सिना र श्रीलङकन राजदूतबीच शिष्टचार भेट



काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलङकाका राजदूत महामहिम हिमाली अरुनातिलकाबीच शिष्टचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा, अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

‘नेपाल र श्रीलङ्का बीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ’, उनले भने, ‘नेपाल र श्रीलङ्का बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले थप सहयोग पुर्याशउने र यसका कार्यमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।’

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाबीच सिधा हवाई उडानको कार्य सुरुवात भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले अब श्रीलंकाली पर्यटकहरु सिधै लुम्बिनी क्षेत्रमा पाइला टेक्न सक्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले श्रीलंकाका धार्मिक पर्टकहरुका लागि हिन्दु र बौद्ध धर्मालम्बीका लागि महत्वपूर्ण रहेको गण्डकी प्रदेशस्थित मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पनि दर्शन गर्ने कार्यमा श्रीलंकाली नागरिकहरुलाई उत्प्रेरित गर्न महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गरे ।

त्यसैगरी राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलङकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताइन । दुई देशको सम्बन्ध सांस्कृतिक मात्र नभई अध्यात्मिक समेत रहेको र झन बलियो हुँदै गएकोर आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको छ बताइन ।

उनले युक्त राष्ट्र संघ, सार्क तथा विमस्टेक जस्ता अन्तराष्ट्रिय फोरमहरुमा दुई देश बीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको धारणा राखिन । राजदूत अरुनातिलकाले लुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न श्रीलंकाका नागरिकहरुलाई उत्प्रेरित गर्न आफुले सहयोग गर्ने प्रतिवद्धता जनाइन ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : ५७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज