१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जनकल्याण र चन्द्रसूर्यको एकीकृत कारोबार सुरु, प्रथम भेलाबाट सेवा केन्द्र विस्तार तथा सञ्चालक समिति गठन



बुटवल । जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ । चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार गरिएको हो ।

यसैगरी एकिकरणपछि जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका लागि सुरज भट्टराईको अध्यक्षमा सञ्चालक समिति गठन गरिएको हो । यसअघि बनेको तदर्थ समितिलाई मान्यता दिँदै बनेको नयाँ सञ्चालक समितिलाई संस्थापक अध्यक्ष तथा सहकारी अभियान्ता जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सपथ तथा गोपनीयताको सपथ गराएका छन् ।

सहकारीको उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिव यादव प्रसाद भण्डारी, कोषाध्यक्ष गंगाप्रसाद ढकाल, सह-सचिव लक्ष्मी प्रधान र सह–कोषाध्यक्ष मणी प्रसाद अधिकारी रहेका छन् । सदस्यहरुमा इन्द्रप्रसाद भट्टराई, रोजी गौचन, शारदा ज्ञवाली र यमलाल पन्थ रहेका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा खेमानन्द अर्याल तथा सदस्यहरुमा माधव गौतम र पवित्रा पन्थी९आचार्य० रहेका छन् ।

सहकारी एकीकरण भएपछि आयोजना गरिएको प्रारम्भिक भेला तथा चन्द्र सूर्य सेवा केन्द्र शुभारम्भको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख भिमप्रसाद तिवारीले सहकारी मर्यादा र सीमा रहेर कारोबार गर्न सुझाव दिए । सदस्यहरुलाई सहकारीको माध्यमबाट उत्पादनमा जोड्न आग्रह गर्दै उनले प्रदेशभित्र रहेका सहकारीहरुलाई नियमन गरी त्यसतर्फ प्रेरित गरिने उल्लेख गरे । यसैगरी सहकारीका संस्थापक अध्यक्ष तथा अभियान्ता भिम तुलाचनले केही सहकारीहरुले आफ्नो मर्यादा र सीमा बाहिर गएर कारोबार गर्दा आर्थिक संकटमा बसेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष सुरज भट्टराईले वर्तमान समयमा सहकारी क्षेत्रको वातावरण निकै खराब हुँदै गएको भएपनि सहकारी नीति अनुसार चलेका र स्थानीयको नियन्त्रणमा रही सञ्चालनमा रहेका सहकारीहरुमा त्यस्तो समस्या नभएको प्रष्ट पारे ।

जिल्ला बाहिर मुख्य कार्यालय स्थापना गरी स्थानीय स्तरको पूँजी पलायन गर्ने र त्यस अनुसारको व्यवस्थापन गर्न नसक्ने सहकारीहरुमा जोखिम बढी रहेको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ५८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क