१९ बैशाख २०८१, बुधबार | May 1, 2024

जनकल्याण सहकारीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित



बुटवल । जनकल्याण वचत तथा ऋण सहकारी संस्था बुटवल-६ को अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । बुधबार सम्पन्न संस्थाको २३ औं वार्षिक साधारणसभाले भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिवमा यादव भण्डारी र कोषाध्यक्षमा गंगाप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सांसद लिला गिरीले सहकारी संस्थामा बचत गरेको रकम औषधी उपचार र विशेष अवस्था बाहेक उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गर्न बचतकर्ताहरुलाई सुझाव दिएका छन् ।

सानो पूंजीलाई सामुहिक रुपमा बचत गर्ने र ऋण सापटी लिएर आर्थिक गर्जो टार्ने उद्देश्यले नेपालमा सहकारीको शुरुवात गरिएको उल्लेख गर्दै अब सहकारी संस्थाहरुलाई बचत गर्ने र ऋण लगानी गर्ने काममा मात्रै सिमित राख्न नहुने बताए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक अनियमितताका घटनाहरु बाहिर आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । सहकारीका अध्यक्ष टंक प्रसाद पराजुलीले आफ्नो कार्यकाल भरी सहकारीले गरेका कामहरुबारे जानकारी गराउंदै समान प्रकृतिका सहकारीका बीचमा मर्ज गर्ने अवधारणा अगाडी सारिएको बताए ।

सहकारी संस्थाका अध्यक्ष पराजुलीको अध्यक्षता उपाध्यक्ष सुरज भट्टराईको स्वागत तथा सचिव डिल्लीराज अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित यसक्षेत्रका सांसदहरुलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ४७ बजे

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन