३ आश्विन २०८३, शनिबार | September 19, 2026

जनकल्याण सहकारीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित



बुटवल । जनकल्याण वचत तथा ऋण सहकारी संस्था बुटवल-६ को अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । बुधबार सम्पन्न संस्थाको २३ औं वार्षिक साधारणसभाले भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिवमा यादव भण्डारी र कोषाध्यक्षमा गंगाप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सांसद लिला गिरीले सहकारी संस्थामा बचत गरेको रकम औषधी उपचार र विशेष अवस्था बाहेक उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गर्न बचतकर्ताहरुलाई सुझाव दिएका छन् ।

सानो पूंजीलाई सामुहिक रुपमा बचत गर्ने र ऋण सापटी लिएर आर्थिक गर्जो टार्ने उद्देश्यले नेपालमा सहकारीको शुरुवात गरिएको उल्लेख गर्दै अब सहकारी संस्थाहरुलाई बचत गर्ने र ऋण लगानी गर्ने काममा मात्रै सिमित राख्न नहुने बताए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक अनियमितताका घटनाहरु बाहिर आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । सहकारीका अध्यक्ष टंक प्रसाद पराजुलीले आफ्नो कार्यकाल भरी सहकारीले गरेका कामहरुबारे जानकारी गराउंदै समान प्रकृतिका सहकारीका बीचमा मर्ज गर्ने अवधारणा अगाडी सारिएको बताए ।

सहकारी संस्थाका अध्यक्ष पराजुलीको अध्यक्षता उपाध्यक्ष सुरज भट्टराईको स्वागत तथा सचिव डिल्लीराज अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित यसक्षेत्रका सांसदहरुलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको