६ बैशाख २०८१, बिहिबार | April 19, 2024

जनकल्याण र चन्द्रसूर्यको एकीकृत कारोबार सुरु, प्रथम भेलाबाट सेवा केन्द्र विस्तार तथा सञ्चालक समिति गठन



बुटवल । जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ । चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार गरिएको हो ।

यसैगरी एकिकरणपछि जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका लागि सुरज भट्टराईको अध्यक्षमा सञ्चालक समिति गठन गरिएको हो । यसअघि बनेको तदर्थ समितिलाई मान्यता दिँदै बनेको नयाँ सञ्चालक समितिलाई संस्थापक अध्यक्ष तथा सहकारी अभियान्ता जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सपथ तथा गोपनीयताको सपथ गराएका छन् ।

सहकारीको उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिव यादव प्रसाद भण्डारी, कोषाध्यक्ष गंगाप्रसाद ढकाल, सह-सचिव लक्ष्मी प्रधान र सह–कोषाध्यक्ष मणी प्रसाद अधिकारी रहेका छन् । सदस्यहरुमा इन्द्रप्रसाद भट्टराई, रोजी गौचन, शारदा ज्ञवाली र यमलाल पन्थ रहेका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा खेमानन्द अर्याल तथा सदस्यहरुमा माधव गौतम र पवित्रा पन्थी९आचार्य० रहेका छन् ।

सहकारी एकीकरण भएपछि आयोजना गरिएको प्रारम्भिक भेला तथा चन्द्र सूर्य सेवा केन्द्र शुभारम्भको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख भिमप्रसाद तिवारीले सहकारी मर्यादा र सीमा रहेर कारोबार गर्न सुझाव दिए । सदस्यहरुलाई सहकारीको माध्यमबाट उत्पादनमा जोड्न आग्रह गर्दै उनले प्रदेशभित्र रहेका सहकारीहरुलाई नियमन गरी त्यसतर्फ प्रेरित गरिने उल्लेख गरे । यसैगरी सहकारीका संस्थापक अध्यक्ष तथा अभियान्ता भिम तुलाचनले केही सहकारीहरुले आफ्नो मर्यादा र सीमा बाहिर गएर कारोबार गर्दा आर्थिक संकटमा बसेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष सुरज भट्टराईले वर्तमान समयमा सहकारी क्षेत्रको वातावरण निकै खराब हुँदै गएको भएपनि सहकारी नीति अनुसार चलेका र स्थानीयको नियन्त्रणमा रही सञ्चालनमा रहेका सहकारीहरुमा त्यस्तो समस्या नभएको प्रष्ट पारे ।

जिल्ला बाहिर मुख्य कार्यालय स्थापना गरी स्थानीय स्तरको पूँजी पलायन गर्ने र त्यस अनुसारको व्यवस्थापन गर्न नसक्ने सहकारीहरुमा जोखिम बढी रहेको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ५८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी