४ पुस २०८२, शुक्रबार | December 20, 2025

दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा



बागलुङ । चार दिनयता भइरहेको निरन्तर वर्षाका कारण बागलुङका विभिन्न ठाउँका बस्ती पहिरोको जोखिममा परेका छन् ।

बाढी र पहिरोले बागलुङको काठेखोला, बरेङ, तमानखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका बस्ती जोखिममा परेका हुन् । खहरेखोला छेउका र सडक आसपासका बस्ती सबैभन्दा बढी बाढी पहिराको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

नयाँ खनिएका सडक र स्तरोन्नतिको गरिएका सडकका कारण बस्ती प्रभावित भएको बरेङ गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले बताउनुभयो । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सडक बनाउँदा थुप्रिएको माटोका कारण सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

उच्च जोखिममा रहेका कैयौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको थापाले जानकारी दिनुभयो । यस्तै बागलुङ नगरपालिका–५ मालिकामा पनि कैयौँ घर पहिरोको जोखिममा छन् । मालिकाको चनौटे गाउँका दुदी कुँवर, जुना न्युरे र कमला रेग्मीको घरगोठ जोखिममा परेका छन् । चनौटेमै रहेको राममन्दिरसँगै सामुदायिक भवन पहिराले बगाउने अवस्थामा छ ।

तमानखोला गाउँपालिकाको लाम्मेलामा रहेको बालविकास केन्द्रको भवन, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा खनिएको नयाँ सडकका कारण जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती नै पहिराको जोखिममा छ ।

तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिकाका पनि दर्जन बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको