१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा



बागलुङ । चार दिनयता भइरहेको निरन्तर वर्षाका कारण बागलुङका विभिन्न ठाउँका बस्ती पहिरोको जोखिममा परेका छन् ।

बाढी र पहिरोले बागलुङको काठेखोला, बरेङ, तमानखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका बस्ती जोखिममा परेका हुन् । खहरेखोला छेउका र सडक आसपासका बस्ती सबैभन्दा बढी बाढी पहिराको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

नयाँ खनिएका सडक र स्तरोन्नतिको गरिएका सडकका कारण बस्ती प्रभावित भएको बरेङ गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले बताउनुभयो । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सडक बनाउँदा थुप्रिएको माटोका कारण सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

उच्च जोखिममा रहेका कैयौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको थापाले जानकारी दिनुभयो । यस्तै बागलुङ नगरपालिका–५ मालिकामा पनि कैयौँ घर पहिरोको जोखिममा छन् । मालिकाको चनौटे गाउँका दुदी कुँवर, जुना न्युरे र कमला रेग्मीको घरगोठ जोखिममा परेका छन् । चनौटेमै रहेको राममन्दिरसँगै सामुदायिक भवन पहिराले बगाउने अवस्थामा छ ।

तमानखोला गाउँपालिकाको लाम्मेलामा रहेको बालविकास केन्द्रको भवन, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा खनिएको नयाँ सडकका कारण जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती नै पहिराको जोखिममा छ ।

तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिकाका पनि दर्जन बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । रासस

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ५२ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति