३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबको तिरुपतिमाथि सानदार जित



भैरहवा । मेलवर्न क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको सुपर फोरको खेलमा सानदार जित निकालेको छ । तिरुपति क्रिकेट क्लबले दिएको ९८ रनको झिनो लक्ष्य मेलवर्नले १ विकेट गुमाउँदै भेट्टायो र ९ विकेटको सानदार जित निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा २२.४ ओभरमा ९७ रनमै अलआउट भयो । उसका लागि आनन्दकुमार गौडले नटआउट २२, अजमत अलीले १५ र बसिर अहम्मदले १४ रन बनाए ।

उसका तीन जना ब्याट्सम्यान शुन्य रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले पनि दोहोरो अंक बटुल्न सकेनन् र टिम सस्तैमा रोकियो । तिरुपतिलाई झिनो स्कोरमा रोक्न ६ ओभर बलिङ गरेका मेलवर्नका रमेश कुर्मीले १ मेर्डन राख्दै ३२ रन खर्चेर ५ विकेट लिन सफल भए । यस्तै, बिष्णु कटरियाले ३ तथा रोशनलाल गुप्ताले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले १८.२ ओभरमा १ विकेटको नोक्सानीमा ९८ रन बनाउँदै जित निकाल्न सफल भयो । उसको जितमा सिद्धार्थ अधिकारीले नटआउट ३५ रन बनाउँदा रोशनलाल गुप्ताले २६ र विजय प्रजापतिले अविजित १९ रनको योगदान गरे । बलिङमा तिरुपतिका बसिर अहम्मदले १ विकेट लिए । मेलवर्नका रमेश कुर्मी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ०६ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका