३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही सुपरलिग : वेष्टर्न क्लबलाई सफलता



भैरहवा । तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय १३ रनको उच्च योगफल बनायो । टीमलाई उच्च स्कोरमा पुर्याउन अनिलकुमार साहले अर्धशतीकय पारी खेले । ७८ बलमा ९ चौका र १ छक्काको मद्दतमा उनले ८४ रन बनाए । यस्तै, रञ्जित खड्काले ३० र भुवन पाण्डेले २४ रनको योगदान गरे । बलिङमा तिरुपतिका विवेक यादवले ४, वसिर अहम्मद र वीरेन्द्र मल्लले समान २-२ तथा संदीप मौर्य र तुलबहादुर थापाले १-१ विकेट लिए ।

प्रतिउत्तरमा तिरुपतिले २५.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ४८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि वसिर अहम्मदले ४९, नन्दलाल चाई र तुलबहादुर थापाले २४-२४ तथा विवेक यादवले १८ र संदीप मौर्यले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वेष्टर्नका बिष्णु पाण्डे र अभिषेक गौतमले समान ४-४ महत्वपूर्ण विकेट लिँदा अनिल खरेलका नाममा २ विकेट रह्यो । वेष्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : ४१ बजे

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु