२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

तिलोत्तमाको सिक्सलेन सडकमा निकालियो मानव साङ्लो, अभियानमा सबैको प्रतिबद्धता (फोटो फिचर)



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो सहितको सरसफाई अभियान सञ्चालन गरिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अनुसार सिक्सलेनमा मानव साङ्लो सहित सरसफाई गरिएको हो ।

अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।
योगिकुटीदेखि कोटिहवाको १२ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक-आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ-संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए

सरसफाई तिलोत्तमाको पहिचान र सभ्याताहो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ । श्रृंखला १०० औं मा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकका पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उदघाटन गरे ।

त्यसक्रममा नगर प्रमुख खाणले सरसफाईलाई तिलोत्तमाबासीको संस्कार र संस्कृतिसँग जोडेर दीगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफानगरको पहिचानले यहाँ बसाइसराईको दर समेत तीव्र रुपमा बढेको नगर प्रमुख खाणले बताए । उनले बुधबार आयोजना गरिएको मुख्य कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आह्वान समेत गरे ।

उपप्रमुख चौधरीले तिलोत्तमाबासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा आफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रैय नगरबासीमा जाने बताइन । उनले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास गर्न नगरबासीलाई अनुरोध गरिन ।

तिलोत्तमामा २०७४ सालको स्थानीयतह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । यो अभियानलाई २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि निरन्तरता दिएपछि यो एक सयौं श्रृखंलामा पुगेको हो । चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालनहुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ । एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताह व्यापी कार्यक्रमहरु आयोजना गरिएको छन् ।

फोटो फिचर

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : २३ बजे

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

इलाम । इलामको माई नगरपालिका-९ बोरुङका किसान व्यावसायिक केरा खेती

मुग्लिन-मलेखु सडक : चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडकखण्डका चार पुल अगामी

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी चापीय रेखा

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने