४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही सुपरलिग : वेष्टर्न २०६ रनले विजयी



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको सुपर फोरको खेलमा बीएम डब्लु वेष्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लबमाथि सानदार जित निकालेको छ । वेष्टर्नले २ सय ६ रनले फराकिलो अन्तरसहति सानदार जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा ३ सय १ रनको उच्च योगफल बनाएको थियो । उसका लागि उच्च स्कोर बनाउन देव खनालले शतकीय पारी खेल्दै १ सय १६ रनको योगदान गरे । यस्तै, रोहित पासवानले २९, अनिल खरेलले २७, सुशान्त अर्यालले २१, अनिल साहले १८ र भुवन पाण्डेले १६ रन जोडे । बलिङमा मेलवर्नका तुसार चौहानले ३, रमेश कुर्मी र रोशनलाल गुप्ताले समान २-२ तथा बिष्णु कटरिया र शिवकुमार मौर्यले १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न २४.१ ओभरमा अलआउट हुँदै जम्मा ९५ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका देव खनालले ४, अभिषेक गौतमले २ तथा सन्देश थापा, अनिल खरेल र अनिल साहले समान १-१ विकेट लिए । मेलवर्नका मोहम्मद हुसेनले ३९ रन बनाए पनि अन्य सबै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् र टिम पराजित भयो । वेष्टर्नका देव खनाल म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ४ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको