२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आजदेखि घटयो वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको व्याजदर; कुनमा कति घटयो ?



काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको व्याजदर आजदेखि लागु भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको व्याजदर घटाउने निर्णय गरे अनुसार बुधबारबाट लागु भएको हो ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार व्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए । ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गते देखी लागु हुने गरी व्याजदर घटेको छ’ उनले भने ।

जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म व्याज दिनेछन भने यसअघि साधारण बचतमा न्यूनतम ६४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म व्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको व्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत व्याज दिइरहेका छन् ।

संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ व्याजदर तोकिएको छ । यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको व्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर ११.६० प्रतिशत कायम गरेको छ ।

यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत व्याजदर दिनेछन् ।

उता, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको व्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । सङ्घले तीन महिना माथिको निक्षेपको व्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखी लागु हुने गरी व्याजदर घटाएको हो ।

फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत व्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत व्याजदर कायम भएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ५८ बजे

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा