४ पुस २०८२, शुक्रबार | December 20, 2025

३२ राष्ट्रले मात्रै खेल्दै आएको विश्वकप फुटबल अबदेखी ४८ राष्ट्रले खेल्ने



काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन् ।

फिफा काउन्सिलको गएराति बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो ।

रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।

यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् । जसअनुसार २०२६ को विश्वकपमा अब कुल १०४ खेल हुनेछ ।

२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको