३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा



भैरहवा । एक खेल अगाबै लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लबलाई ५२ रनले पराजित गर्दै लुम्बिनी खुकुरीले एक खेल खेल्न बाँकी छँदै फाइनल यात्रा तय गरेको हो । अब, लुम्बिनी खुकुरीले सुपर फोरबाट फाइनल पुगेको वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा १ सय ९५ रनको योगफल बनायो । उसका लागि सन्तोष यादवले ४०, साहब आलमले ३२, निश्चल चौधरी र धिरज शाहीले २३-२३ तथा विराट भण्डारीले १५ र प्रज्वल थापाले १३ रनको योगदान दिए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ५, बिष्णु कटरिया, मोहम्मद हुसेन, रोशनलाल गुप्ता र तुसार चौहानले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै समेटियो । उसका लागि मोहम्मद हुसेनले ३८, विजय प्रजापतिले १९, रोशनलाल गुप्ताले १७, शिवकुमार मौर्यले १४ र समिर खानले ११ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका सन्तोष यादवले ४, धिरज शाहीले ३, अजयकुमार चौहानले २ तथा इकलाख वारिसले १ विकेट लिए । लुम्बिनी खुकुरीका सन्तोष यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए । बिहीबार सुपर फोरको अन्तिम खेल तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल ४ गते शनिबार हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २४ बजे

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,