४ पुस २०८२, शुक्रबार | December 19, 2025

सभामुख घिमिरेसँग बेलायती सांसदको भेट



काठमाडौं । सभामुख देवराज घिमिरेसँग बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् । आइतबार सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्यरुपमा मनाउन बेलायतले गरेको तयारीप्रति खुसी व्यक्त गरे । उनले बेलायतबाट नेपालको विकासका लागि ठूल्ठूला सहयोग भएको बताउँदै आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले कोभिड १९ महामारीमा बेलायती सांसदमा नेपाललाई सहयोग गर्नेबारे कुरा उठेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, जनस्रोतका क्षेत्रमा लगानीको वातावरण बनाउन ध्यानाकर्षण गराए ।

भेटमा सांसद शर्माले सभामुख घिमिरेलाई अनुकूल समयमा बेलायत भ्रमणका लागि निम्तो दिँदै औपचारिक पत्र पठाउने जानकारी दिए ।  उनले नेपाल र बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्ध झन् बलियो हुने उल्लेख गरे ।

सांसद शर्माले बेलायतमा गोर्खा समस्या समाधानमा आफूले पटक पटक कुरा उठाएको बताउँदै मुद्दा पुनरावलोकनको काम भइरहेको जानकारी दिए ।  बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहेका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन् । उनको यो छैटौं नेपाल भ्रमण हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको