२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी



बुटवल । साविक पश्चिमाञ्चल क्षेत्रकै जेठो र लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी भएको ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो बिरासत कायम राखेको छ ।

कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । जसमा अनेरास्ववियुका प्यानल नै विजयी भएका हुन ।

सोमबार सार्वजनिक अन्तिम मत परिणामअनुसार अखिलका एमसीले १ हजार २१४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ र कांग्रेसनिकट नेविसंघका कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ०का सागर पौडेलले ४७४ मत ल्याए ।

त्यसैगरी सचिव पदमा अनेरास्वियुका नीलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल निकटतम् प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् ।

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएको भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ४५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,