काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता डोलप्रसाद अर्यालले सकेसम्म देश चाँडो छाड्न चाहने अवस्था कसले बनायो भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले त्यसका केही दोषी यही संसद्मा रहेको उल्लेख गरे ।
उनले शीर्ष नेताहरूतर्फ हेर्दै भने, ‘राष्ट्रपतिका सन्तानदेखि गरिबका सन्तानसम्म जसोतसो विदेश पुगेकै छन् । मुलुकलाई सकेसम्म चाँडो छाड्ने कसले बनायो ? सायद यहाँ उपस्थितमध्ये केही त दोषी पक्कै हौं ।’
देशका ४० लाख युवाहरू विदेश रहेको अवस्थामा स्वदेश फर्केर केही गर्ने चाहना भएका आफ्नो पार्टीका नेता रवि लामिछाने लखेटिएको उनले बताए ।
उनले आफूहरूलाई असफल हुने छुट नभएको बताए । आफूहरू कटाक्ष र गालीगलोज हेर्न नचाहने उल्लेख गरे । सरकारलाई विश्वासको मत दिने बताउँदै उनले आफ्नो पार्टीलाई अप्ठ्यारो परेका बेला सघाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।



















प्रतिक्रिया