२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी युकेबाट बागलुङमा खाद्यान्न राहत वितरण, पूर्वमन्त्री शर्माद्वारा प्रशंसा



लण्डन । बेलायतको लण्नस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बागलुङको गलकोटका ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

कोरोना महामारीका कारण श्रमजीवी जनतामा देखिएको खाद्य संकटलाई राहत पुर्याउन प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका नुन उपलब्ध गराइएको हो । राहत वितरण कार्यक्रमको सुरुवात पुर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभाका नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले गरेका छन् ।

जुम एप्समार्फत गरिएको राहत वितरण कार्यक्रमका प्रमुख अतिथि शर्माले कोरोना महामारी विरुद्धको लडाईंमा स्वदेश र विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताए । नेता शर्माले विषम परिस्थितिमा राहत प्रदान गरेर संस्थाले मानवीय काम गरेर मातृभूमिका आफन्तलाई गुन लगाएको धारणा राखेका छन् । कोभिड–१९ बाट विचलित नभई बेलायतमा रहेर पनि आफ्नो मातृभुमि र नागरिकप्रति उत्तरदायी हुने सहयोगीहातहरुप्रती शर्माले प्रशंसा गरे ।

राहत स्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन उपलब्ध गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले जानकारी दिइन ।  नेपाली वेलफेर सोसाईटी युकेको संयोजन तथा सहजीकरणमा संस्थाका ४६ भन्दा बढी सदस्यहरुको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।

राहत वितरणको संयोजन गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धनबहादुर सार्कीले संघ संस्थाहरुको सहकार्यले आफुलाई थप उत्साह जागेको बताए । संस्थाका महासचिव मन्जु भण्डारीले संकटको बेला आफ्नो मातृभुमिप्रति समर्पित हुनु असल नागरिकको कर्तव्य भएको बताइन ।

गलकोट नगरपालिकाका उपमेयर रेनुका काउचा, वडा अध्यक्ष वीरजङ भण्डारी, नेकपा प्रतिनिधि चित्र सहानी, नेका प्रतिनिधि फमबहादुर खत्री, जनमोर्चा प्रतिनिधि पदम श्रेष्ठ, वडा सदस्य तुलसी परियार, युवा अभियान्ता अनिल नेपाली लगायतले राहत हस्तान्तरणमा सहजीकरण गरेका छन् ।

नेपाल सरकार दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले कार्यक्रमको रुपरेखा प्रस्तुत गर्दै सम्पुण सहभागी तथा सहजकर्ताहरुलाई स्वागत गरेका थिए ।

त्यसअवसरमा बेलायतबाट सहभागी समाजसेवीहरु संस्थाका भाषा तथा सस्कृती विभाग संरक्षक एवं पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, संस्थाका उपाध्यक्ष तथा आइसीसी सदस्य लिलादेवी गुरुङले राहत वितरणबारे मन्तव्य राखेका थिए ।

यसैगरी, सोसाईटी अफ नेप्लिज हाइली स्किल प्रोफेसनलका पुर्व अध्यक्ष तथा एनआरएनए युके विजनेस विभाग का सचिव पुण्यप्रसाद रेग्मी, सल्लाहकार श्याम शेरचन, एलएन पाण्डे, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए।

संस्थाकी अध्यक्ष श्रीमती शर्मिला हिराचनले सबै सहभागीहरुलाई धन्यवाद दिँदै दाताहरुको उत्साहलाई प्रशंसा गरिन । उपाध्यक्ष तथा कार्यक्रम संचालक रानाभाटले आरजीएनएस तथा नेपाली वेलफेर सोसाईटीले गर्दै आइरहेको राहत वितरण सरकारको एकद्वार प्रणालीअन्तर्गत स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता र रोहबरमा मात्र गरिएको बताए ।

जुम लाइभ राहत वितरण कार्यक्रम सस्थाका उपाध्यक्ष तथा एनआरएनए युकेका सचीव जित रानाभाटले सञ्चालन गरेका थिए।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : १५ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम