२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

विपन्न नागरिकले महसुस गर्नेगरी काम गर्न धेरै बाँकी छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।

पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेल सो पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । अध्यक्ष आचार्य र महासचिव परमेश्वर पोखरेलले राष्ट्रपति पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ५० बजे

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका