४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा स्थायी कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु दोस्रो दिनको बैठकमा आज नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।

आज वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायत नेताहरुले बोल्ने कार्यक्रम रहेको बताइएको छ ।

स्थायी कमिटी सदस्यहरुले तय गरिएका एजेण्डामा आफ्नो विचार राख्नका लागि तयारी अवस्थामा रहेका छन् । विशेष गरी विवादित एमसीसी सम्भौता अनुमोदन गर्ने विषय र सरकार एवं पार्टीको समीक्षाका विषयामा सदस्यहरुले कडाइपूर्वक आफ्ना कुरा राख्ने बताएका छन् ।

बुधबार सुरु भएको बैठकको पहिलो दिन अध्ययद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा एकअर्कामाथि तितो पोखिएको भन्दै कतिपय सदस्यहरुले बैठकपछि निरासा समेत पोखेका थिए ।

दुई अध्यक्ष र नेता माधव कुमार नेपाल पक्षधरहरुबीच तिब्र घोचपेच हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १२ : १७ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता