१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल



भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ ।

भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार फिदरवेट विधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ हुनेछ ।

यस्तै फ्लाइवेटअन्तर्गत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने छन् । सुपर मिडलवेटअन्र्तगत भारतीय बक्सर कुलदीप र नेपाली बक्सर मनोज भिड्ने छन् ।

यसबाहेक वेल्टरवेटअन्र्तगत भारतीय बक्सरहरु आरभ र गौरव, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेटअन्र्तगत भारतीय बक्सर उमेश र बरुन लड्ने छन् ।

नेपालको काठमाडौं लगायतका सहरमा बक्सिङ प्रतियोगिता भए पनि भैरहवामा इण्डो–नेपाल बक्सिङ प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाइटेड प्रोफेसनल बक्सिङका आदित्य ओबरायले बताए ।

“भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, होटलहरुको उपलब्धतालगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहाँ आयोजना गर्ने निर्णय गरेका हौँ”, ओबरायले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहाँ निरन्तरता दिने सोच बनाएका छौँ ।”

टाइगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क रु दुई हजार राखिएको छ । प्रतियोगिता करिब तीन सय बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त शुल्कमा पुल पार्टी, डिजे, बक्सिङलगायतको अवलोकन गर्न सकिनेछ ।

भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङले भारतमा ७० भन्दा बढी कार्यक्रम गरिसकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : २० बजे

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको