८ भदौ २०८३, सोमबार | August 25, 2026

देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा



काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू-राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताए । मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट सञ्चालित कार्यक्रममा विभागका सूचना प्रविधि निर्देशक राजकुमार महर्जनले सूचना प्रविधिको प्रयोगमा आउने प्राविधिक समस्या विभागले तत्काल सम्बोधन गर्ने विश्वास दिलाए ।

पछिल्लो समय मन्त्रालयले मालपोत र नापी कार्यालयका कर्मचारीसँग नियमित सम्पर्क गरी काम चुस्त बनाउन समन्वय संयन्त्रलाई प्रभावकारी बनाउन जुममार्फत सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने भएको छ । विभागले यसअघि मेगा बैंकसँग यस्तो सम्झौता गरेकामा अव प्राइम बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैक र अरु बैंक पनि यसमा आबद्ध हुँदै गएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ३५ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा