२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्रीले नाम मागेको केही घण्टाभित्रै मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले नाम माग्ने वित्तिकै मन्त्रीको नाम दिन तयार रहेको जनाएकोछ ।

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम माग्ने वित्तिकै मन्त्रीको नाम दिन पार्टी तयारी अवस्थामा रहेको बताएका हुन् ।

बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । सो बैठकमा आजै बिहान प्रधानमन्त्रीसँग भएको छलफलबारे अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गरेका थिए ।

एकीकृत समाजवादीले उपप्रधामन्त्रीसहित कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने माग राखेको छ । तर, प्रवक्ता खतिवडाका अनुसार सत्ता गठबन्धनमा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन।

बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : ११ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य