३० असार २०८३, मंगलबार | July 14, 2026

भारतीय दर्शनार्थी आउने पूर्णागिरि मेलामाथि निर्भर ब्रह्मदेव बजार



दोधारा चाँदनी । कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णागिरिमा लाग्ने मेलामा आश्रीत छ ।

भारतको उत्तराखण्डस्थित पूर्णागिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने हुन्छ । पूर्णागिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना लाग्ने पूर्णागिरि मेलाको समय यहाँका एउटै व्यापारीले लाखौँको कारोबार गर्ने गरेका छन् । तर मेला बाहेकको समयमा भने यो बजार सुनसान रहने यहाँका व्यवसायी बताउँछन् ।

“तीन महिना मेलाको आम्दानीले हामीले वर्षभरि चल्नुपर्छ”, स्थानीय व्यवसायी विरबहादुर खड्काले भने, “अन्य समयमा यहाँको व्यापार व्यवसाय प्रायः शून्य नै हुन्छ ।” मेलाको समयमा मात्रै यहाँ व्यापार फष्टाउँछ ।

विगतको तुलनामा अहिले यहाँको व्यापार व्यवसाय घट्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए । “अहिले विगतको जस्तो कारोबार हुँदैन । यहाँ पाइने सामान भारतमा सहजै पाइन थाल्यो”, उनले भने, “पछिल्लो सयम मेलाकै कारण हाम्रो व्यापार टिकेको छ ।” मेलामा चल्ने पूजा सामग्रीको अत्यधिक वयापार हुन्छ । विगतमा जुत्ता, चप्पल र चिनियाँ सामग्रीको माग धेरै हुन्थ्यो । अहिले ती सामान भारतमै पाइन थालेपछि यहाँ व्यापार कम भएको हो ।

महाकाली नदीको पारीपट्टिको डाँडामा भारततर्फ पूर्णागिरि र वारी नेपालतर्फ सिद्धबाबाको मन्दिर छ । माताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र अनी मात्रै मनोकांक्षा पूरा हुने जनविश्वास रहेका कारण पूर्णगिरि मेला सुरु भएपछि यहाँको सिद्धबाबा मन्दिरमा पनि चहलपहल बढ्छ ।

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महताले भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका बताए । भारतको टनकपुर उत्तरतर्फको चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ  । ठीक वारी नेपालतर्फ खल्ला मसेट्टी, बह्मदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ  । कञ्चनपुर, कैलालीलगायत जिल्लाबाट ठूलो सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन् ।

पूर्णागिरि मेला अवधिमा कञ्चनपुरको सीमावर्ती सहर बह्मदेव र महेन्द्रनगर बजारमा चहलपहल बढ्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भारतमा लाग्ने मेलाले सीमावर्ती बजारमा आर्थिक गतिविधि बढेको बताए ।

“तीन महिनासम्म सञ्चालन हुने यो मेलाले यहाँको व्यवसाय तङ्ग्रिएको छ”, उनले भने, “यसले दुई देशका नागरिकबीच सद्भाव बढाउनुका साथै पर्यटनमा समेत टेवा पुगेको छ ।”

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महताले दर्शनार्थीको भेटीबाट करिब रु ५० लाख आम्दानी हुने गरेको बताए । उनले भने, “भेटीबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्छौं ।” यहाँस्थित दुई विद्यालयका निजी स्रोतमा भर्ना गरिएका शिक्षकको तलब मन्दिरकै भेटीबाट दिने गरेको उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ११ बजे

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन