१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा सातौंपटक मन्त्रिपरिषद् विस्तार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

तीन महिनामा सातौं पटक पुनर्गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेन । कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई समेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेस र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्ने विषयले टुंगो नलाग्दा पाँच प्रधानमन्त्री प्रचण्डलाई पाँच मन्त्रालय अझै केही दिन सम्हानु पर्ने भएको छ भने मन्त्रिपरिषद् विस्तार हुनुकेही समयअघि मात्रै खानेपानीमन्त्री अब्दुल खानले समेत राजीनामा दिएका छन् । अब प्रधानमन्त्रीको टाउकोमा ६ वटा मन्त्रालयको बोझ रहनेभएको छ ।

कांग्रेसबाट पूर्णबहादुर खड्कासहित चार जना मन्त्री बनेका छन् । खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री बनेका छन् । अर्थमन्त्री डा प्रकाश शरण महत बनेका छन् भने रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङ शहरी विकास मन्त्री बनेका छन् । परराष्ट्रमन्त्रीसहित बाँकी तीन मन्त्री टुंग्याउन कांग्रेसले सकेको छैन ।

यसैगरी, माओवादीले उर्जा मन्त्रालय थप पाएपछि शक्ति बस्नेत मन्त्री बनेका छन् । । माओवादीले पाँच मन्त्रालय पाएको छ । यसअघि उपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका छन् । माओवादीले पाएका बाँकी मन्त्रालयका मन्त्री भने साविककै रहेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबनेका छन् ।

जनता समाजवादी पार्टीबाट अशोक राई मात्र मन्त्री बनेका छन् । दुई मन्त्रालय पाएको जसपाको अर्को मन्त्री टुंगो लगाएको छैन । राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।

यस्तै, लोसपाबाट शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छिन् ।

नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १८ बजे

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने