३० असार २०८३, मंगलबार | July 14, 2026

बारा-२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले बारा २ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । जसपाले यस क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरेको छ ।

बैठकले वैशाख १० गते बारा, तनहुँ र चितवनका तीन वटै निर्वाचन क्षेत्रमा हुने निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।

चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेवार बनाउने कांग्रेसले निर्णय गरिसकेको छ ।

कार्यसम्पादन समिति बैठकले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेका नेताहरुमाथि गरेको कारवाही पनि फुकुवा गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : ४५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति