१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आकाशमा सलह किरा देखिएपछि प्रदेश ५ विपद व्यवस्थापन समिति बैठक



बुटवल । आकाश भरी सलह किराको आतंक देखिएपछि प्रदेश ५ सरकारको विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ ।

संघीय कृषि मन्त्रालयले नेपालमा सलह किरा प्रवेश गर्ने सम्भावना टरेको आंकलन गरेपछि ढुक्क भएर बसेको प्रदेश ५ कृषि मन्त्रालय, एक्कासी आकासभरी सलह किरा देखिएपछि विपद व्यवस्थापन समितिलाई गुहार्न पुगेको छ ।

प्रदेश ५ सरकारको विपद व्यवस्थापन समितिको आकस्मिक बैठकले किरा नियन्त्रणका लागि बिशेष कार्यक्रम तय गरेको प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार सलह किरा बसेको स्थानमा क्षति पुग्ने भएकाले किरा बसेको स्थानबाट किरा संकलन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँका दरले भुक्तानी दिने निर्णय भएको छ । किरा बसेको स्थानमा बिषादी छरेर किरा मार्ने विधि समेत अपनाउन समितिले किसानहरुलाई आह्वान गरेको छ ।

किरा नियन्त्रण गर्न स्थानीयतहलाई अधिकतम परिचालन गर्ने निर्णय गर्दै किरा संकलन गर्ने किसानले स्थानीय वडा कार्यालयमा बुझाएर भुक्तानी लिन सक्ने व्यवस्था मिलाईएको प्रदेश ५ कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताईन् ।

विज्ञहरुका अनुसार एक पटक फैलिएको सहल किराको झुण्डले बास बसेको स्थानमा ३५ हजार मानिसले खाने बराबरको बाली नोक्सान गर्न सक्दछ ।

आज प्रदेश राजधानी बुटवल र यस आसपास देखिएको सलह किरा उत्तरतर्फ बढेकाले गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा किसानहरुलाई सजग रहन कृषि मन्त्री पौडेलले आग्रह गरिन ।

सलह किरा बारा, पर्सामा पनि धेरै देखिएको छ । नेपालभित्र एक्कासी सलह किरा देखिएपछि संघीय सरकार पनि गम्भीर बनेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले