३१ असार २०८३, बुधबार | July 15, 2026

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै मुख्य प्रवेशद्वारमा धर्ना

आन्तरिक उडान बन्द गर्ने चेतावनी



बुटवल । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।

मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यावसायिक संस्थाहरु सवमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

विमानस्थललाई केन्द्रित गरी अर्बौ रुपैयाँ लगानी गरेका पर्यटन व्यावसायीहरुको लगानी डुब्ने स्थितीमा रहेको भन्दै भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

सञ्चालनमा आएको महिनौँ दिन वित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै एक–एक उडान हुँदै आएको छ । विरोध नगरे केही नहुने परिपाटी नेपालमा बसेकोल आन्तरिक उडानमात्रै गर्दै आएको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए ।

दर्जन बढि निजी व्यावसायिक संस्थाहरुको ऐकबद्धता रहेको विरोध कार्यक्रम दबाब स्वरुप अहिले शान्तिपूर्ण रुपमा धर्ना कार्यक्रम गरे पनि मागहरु सम्बोधन नभए आन्तरिक टर्मिनल पनि बन्द गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १ : ४९ बजे

फ्रान्सलाई २-० ले हराउँदै स्पेन विश्वकप फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई