४ पुस २०८२, शुक्रबार | December 19, 2025

समान अवस्था र विशेषता भएका शहरहरुका बीचको साझेदारीले समृघ शहर बनाउ सकिन्छ : नगर प्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीच विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीच साझेदारी गर्दा समृद्ध शहर बनाउन सहज हुने बताए ।

उनले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट शहरहरुको अनुभव र उपलब्धिलाई अंगाल्दै समृद्ध शहर बन्ने गरी काम गर्न इच्छुक रहेको बताए । एशियाली मुलुकका नगरहरुको समान विकासका लागि एकआपसमा सहकार्य गर्न जरुरी रहेको बताउँदै उनले अबका शहरहरुको विकास भौतिक विकासमा मात्रै केन्द्रित नभइ मानव संसाधनको विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताए ।

उनले बुटवलले मानव संसाधनका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन र खपतमा ध्यान दिएको भन्दै अरु मुलुक र नगरहरुबाट थप अनुभव लिएर काम गर्ने बताए । बुटवलमा पीपीपी मोडलमा केही सफल अभ्यासहरु भइरहेको र यसले अन्य शहरहरुलाई सिकाइ हुनसक्ने पनि बताए ।

प्रमुख पाण्डेयले बुटवल धेरै जिल्लाबाट बसाइ सरेर आएकाहरुको शहर भएकाले बुटवलको विकास र आवश्यकता असीमित रहेको बताए । सम्बोधनका क्रममा उनले सम्मेलनमा सहभागी नगरका प्रमुखहरुलाई बुटवल भ्रमणको निम्तो पनि दिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको