९ पुस २०८२, बुधबार | December 24, 2025

हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघकाे अध्यक्षमा भण्डारी निर्वाचित



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष पदमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गाैतम भन्दा ९८ बढी मत पाएका छन् ।

अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५५० मत पाउदा गाैतमले ४५२मत पाए । संघकाे नेतृत्वको लागि बावुराम गाैतम र लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए । निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गाैतम वरिष्ठ उपाध्यक्ष थिए ।

संघकाे वरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा राेमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा माेहन बस्याल र सह काेषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।

महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पाेखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए ।

त्यसैगरी सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० सिट बावुराम गाैतम प्यानलले जितेको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार सदस्य पदमा धनकुमारी शर्मा, एक बहादुर गाहा मगर, केशवराज पाण्डे, एकदेव पाण्डे, कमला पाण्डे, दामाेदर पाैडेल, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डेय, यज्ञमुर्ति भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ विजयी भएका छन् ।

२०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकाेमा १०७० जनाले मतदानमा भाग लिएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १२ : ५७ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार