२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सभामुख घिमिरेले मागे संसदीय समिति गठन गर्न सांसदको नाम



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् ।

बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा आठजना सांसदको सिट संख्या तोकेको छ । कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन्।

मालेले शिक्षामा सातजना र अन्य सबैमा आठजना सिट संख्या तोकिएको छ । माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीनजना सांसद र अन्यमा दुई जना सांसदको सिट संख्या तोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाको सिट संख्या तोकिएको छ । जसपाले सबै समितिमा एक जना, जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन्।

नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एक जना सांसदको संख्या तोकिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  २ : ३९ बजे

तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख