३१ असार २०८३, बुधबार | July 15, 2026

राष्ट्रपति पौडेल र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता, जितगढी उत्सवका लागि निमन्त्रणा



बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ।

भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिएका छन् । आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै पाण्डेयले बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल गरेको र सोही कारणले नेपालको भूभाग सुरक्षित रहेको बताए ।

उनले बुटवलले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा विकास गरिरहेको र बुटवलमै निर्माणाधीन संग्रहालयले देशविदेशका पर्यटकलाई आकर्षित गर्ने बताए। पाण्डेयले बुटवलको विकासमा स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास गरिरहेको र आफ्नो कार्यकालमा बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थल र सबैको रोजाइको शहरका रुपमा स्थापित गर्ने गरी काम गरिरहेको बताए ।

भेटका क्रममा राष्ट्रपतिले जितगढी उत्सवमा आफु सहभागी हुने गरी तयारी गर्ने आश्वासन दिए । उनले बुटवलप्रति आफ्नो सद्भाव रहेको बताउदै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताएका थिए ।

राष्ट्रपति पौडेलसँग सोमबार राष्ट्रपति निवासमा नगर प्रमुख पाण्डेय, प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यसहितको टोलीले भेट गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ४१ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित