काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले आज पनि पहल गरेका छन् ।
घिमिरेको पहलमा सभामुख निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी छन् ।
सत्तारुढ दलहरुले विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने प्रयास गरिरहेका छन् । तर प्रमुख प्रतिपक्षी एमालेले भने विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाउनुपर्ने अडानमा छ । यद्यपी, संसदीय समिति अहिलेसम्म बन्नै सकेको छैन ।
यसअघि गत शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा तीन दलका शीर्ष नेताको छलफल भएको थियो ।



















प्रतिक्रिया