१६ असार २०८३, मंगलबार | July 1, 2026

आईपीएल : राजस्थानको चौथो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । राजस्थानले आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो ।

अहमदाबादमा गुजरातले प्रस्तुत गरेको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा कप्तान सन्जु सामसनले ६० रन बनाए । सामसनले ३२ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, सिम्रन हेटमायरले २६ बलमा दुई चौका र पाँच छक्कासहित ५६ रन बनाए । देवदत्त पाडिकलले २६, ध्रुव जुरेलले १८ र रविचन्द्रन आश्विनले १० रन बनाए । गुजरातका मोहम्मद सामीले तीन विकेट लिए । राशिद खानले दुई विकेट लिँदा नुर अहमेद र हार्दिक पन्ड्याले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो । गुजरातका डेविड मिलरले ४६ रन बनाएका थिए । सुभमन गिलले ४५, कप्तान हार्दिक पन्ड्याले २८, अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ५३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी