काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेबाट बैठक सुरू भएको हो।
बैठकमा संक्रमणकालीन न्याय (टिआरसी)सँग सम्बन्धित विषयलाई चाँडै टुंगो लगाउनेबारे छलफल भैरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपाका शरतसिंह भण्डारी लगायतका नेताहरू सहभागी छन्।
टिआरसी विधेयक अघि बढाउने विषयमा आजै बिहान प्रधानमन्त्री प्रचण्ड र कांग्रेससभापति देउवा बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।



















प्रतिक्रिया