१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आम्दामा व्यापार संंघ अन्तरगत कस्मेटिक बस्तुगत समितिद्वारा हात धुने मेसिन प्रदान



बुटवल । रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक बस्तुगत समितिले सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवललाई अटोमेटिक हात धुने मेसिन प्रदान गरेको छ ।

अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान गरिएको मेसिनको सहि रुपमा प्रयोगमा ल्यादिन अस्पताल प्रशासनसंग आग्रह गरिएको छ । उक्त मेसिन सोमबार एक कार्यक्रमका बिच अध्यक्ष नियामत अली, संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र बस्याल, बालरोग बिशेषज्ञ डा.सन्तोस पोखरेललाई हस्तान्तरण गरेका हुन ।

अस्पतालमा आउने बिरामी, तीनका कुरुवा तथा स्वास्थ्यकर्मीलाई हात धुन सहज बनाउनकालागि हात धुने मेसिन प्रदान गरिएको रुपन्देही व्यापार संघ कस्मेटिक बस्तुगत समितिका अध्यक्ष नियामत अलीले जानकारी दिए ।

सो अवसरमा बोल्दै व्यापार संघका अध्यक्ष यमलाल लोहनीले विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) ले नेपालमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा नराम्रो प्रभाव पारेको बताए । उद्योगधन्दा व्यापार व्यबसाय ठप्प भएको समयमा पनि त्यसबाट बच्न र बचाउनकालागि संघको बस्तुगत समितिले अस्पतालमा हात धुने मेसिन प्रदान गरेकामा संघका अध्यक्ष लोहोनीले समितिलाई धन्यवाद ज्ञापन गर्दै सहि सदुपयोग गर्नकालागि अस्पताललाई आग्रह गरेका थिए ।

अस्पतालका चिकित्सक डा.सन्तोष पोखरेलले कोरोनाबाट बच्न र संक्रमण रोक्नका लागि हात धुने कुरा मत्वपूर्ण रहेको हुदा त्यसमा व्यापार संघले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

उनले अस्पताललाई प्राप्त सहयोगको सहि सदुपयोग गर्ने कुरामा प्रशासन गम्भिर बन्ने बताउदै आम्दा सामाजकै सहयोगमा सञ्चालन भएको अस्पताल भएका कारण सबैको हातेमालो जरुरी भएको धारणा राखे ।

कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सचिव विनोद सुवेदीको सञ्चालन तथा सरोज ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा संघका सदस्य, उपसमितिका पदाधिकारी, सदस्य तथा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ०२ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क