५ पुस २०८२, शनिबार | December 20, 2025

ओमानविरुद्ध नेपालको खराब सुरुवात, खाता नखोल्दै दुबै ओपनर गुमायो



काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले खाता नखोल्दै दुबै ओपनर गुमाएको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा कुनै पनि रन नजोड्दा दुबै ओपनर गुमाएको हो ।

नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई टोलीले खाता नखोल्दै गुमाएको थियो । टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए ।

नेपालका भीम सार्की र रोहित पौडेल रनमा क्रिजमा छन् । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई मौका दिँदा गुलशन झालाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन गरेको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता