१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सिंहदरवारको फोहोर ३ दिन भित्र उठाउन महानगरलाई सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई उत्प्रेसण आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा दिएको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध श्रेष्ठले रिट दायर गरेका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् । सर्वोच्चले आदेशमा ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ पनि गराएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ५ : ०५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी