५ पुस २०८२, शनिबार | December 20, 2025

उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग



चितवन । यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो ।

अनुगमनका क्रममा आज टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालगायतका विभिन्न सङ्घसंस्थासँग छलफल गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा आयोजित अन्तरक्रिया कार्यक्रममा सदस्य ठाकुरले निर्वाचनको समयमा मानवअधिकार उल्लङ्घनका घटना सबै पक्षबाट हुने भन्दै यसप्रति सचेत रहन आग्रह गरे ।

विशेषगरी तीन प्रकारबाट मानवअधिकार उल्लङ्घनका घटना हुने उनको भनाइ थियो । मसलको प्रयोग, शक्तिको प्रयोग र आर्थिक प्रयोग गरेर निर्वाचनमा मानवअधिकार उल्लङ्घनका घटना हुने गरेको उनले बताए ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फतसमेत मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै उनले यसलाई नियन्त्रणका लागि मानवअधिकार आयोग मात्रै नभएर निर्वाचन आयोग र जनता स्वयं चनाखो हुनुपर्ने बताए । उनले भने, “हामीले सरकार र सरोकारवाला निकायलाई भन्ने हो, खवरदारी गरिरहेका छौँ ।”

कार्यक्रममा आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सामाजिक सञ्जालमा आएका टिक्काटिप्पणीले मानसिकरुपमा प्रभावित पर्ने भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्वाचन आयोगसँग माग गरिने बताए । यस्ता घटनाक्रमले शारीरिक रुपमा नभइ मानसिक रुपमा समस्या पार्ने उनको भनाइ थियो । यसलाई समेत मानवअधिकार हनन्को घटनामा राखेर हेर्नुपर्ने उनले बताए ।

उनले भने, “मानवअधिकार आयोगले सुन्ने मात्र होइन कानुनको पालना गर्न लगाउनुपर्छ ।” मानवअधिकार आयोग बागमती प्रदेशका सह–सचिव यज्ञ अधिकारीले सामाजिक सञ्जालमा गाली गलैच गर्दा पनि कतिसम्म गर्ने भन्ने विषय ख्याल गर्नुपर्ने बताए ।

कसैले व्यक्त गरेको विचारमा अनावश्यक टिक्काटिप्पणी र गालीगलौज गर्न नमिल्ने उनको भनाइ थियो । उनले भने, “त्यस्तो भएमा निर्वाचित भए पनि उसलाई पछि फाल्न सकिन्छ ।” मानवअधिकारका विषयमा प्रश्न गर्ने अधिकार सबैमा रहेको उनले बताए ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार दीपेन्द्र वडुवाल, राजेश घिमिरे, कृष्ण आचार्यलगायतले उपनिर्वाचनका क्रममा जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
–––

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ५५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता