३२ असार २०८३, बिहिबार | July 16, 2026

चितवन-२ मा पनि मतदान सुरु



चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई-चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन । मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहनुभएका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : २८ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको