२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

बारा-२ मा ६० प्रतिशत मत खस्यो



बारा । बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खसेको छ । आज भएको उपनिर्वाचन अन्तर्गत मतदानमा बारामा ६० प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले बताए । उनले उपचुनावको मतगणना आजैबाट कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा राति ९ बजेबाट सुरु गरिने जानकारी दिए ।

मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ६ : ४९ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको