५ पुस २०८२, शनिबार | December 20, 2025

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगियो, एक इन्जिनको सहायतामा जहाज गन्तब्यतर्फ



काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगिएको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

एउटा इन्जिन फेल भएपनि अर्को इन्जिनको अवस्था ठिक भएको भन्दै केहीबेर आकाशमै होल्ड गरेर जहाज गन्तव्यतर्फ लागेको बताइएको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । विमानस्थलमा आस्मिक अवतरणका सबै उपाय तयारी अवस्थामा राखिएपनि अवतरण गराउन नपरेको विमानस्थल स्रोतले जनाएको छ । पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : १६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन